नारायणहिटी ‘दरबार’ कि ‘सङ्ग्रहालय’ ?

■ सोमविक्रम सिंह



स्वर्गीय राजा वीरेन्द्र मुलुकमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि प्रख्याति कमाएका व्यक्तित्व थिए । उनी पश्चिमा र भारतको रणनीतिक भूमरीमा विस्तारै फस्दै थिए । पश्चिमाको लागि नेपाल एउटा सुन्दर तथा प्राकृतिक रूपले धनी मात्रै नभएर नेपालको छिमेकीको रूपमा चीन र भारत जस्ता दुई ठूला र शक्तिशाली राष्ट्र हुनु र नेपालको भूमि प्रयोग गरी दुवै देशमा रणनीतिक रूपले खेलेर बस्नु एउटा उत्तेजित उद्देश्य थियो ।

त्यस्तै, भारतको लागि नेपाल एउटा असल छिमेकीको रूपमा नभई नेपाललाई सके सिक्किमसरह नभए भुटानसरह राखी चीनसँग रणनीतिक रूपले बस्नु नै थियो । राजा वीरेन्द्र यो जालमा नफस्ने देखेपछि नै पश्चिमा र भारतको जासुसी सञ्जाल बिच्छाइएर दरबार हत्याकाण्ड रची शाही परिवारको वंश नास गरिएको थियो । अझ शंकास्पद कुरा के छ भने महेन्द्र प्रकृति कोषको प्रमुख तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई कोषको विशेष काममा काठमाडौंबाहिर खटाइएको थियो । अवगत रहोस्, महेन्द्र प्रकृति कोषको दाताहरूमा पश्चिमाकै बाहुल्यता छ ।

‘एक तीर दो निसान’ भनेझैं दरबार हत्याकाण्ड रचाउनेले सजिलै दोष राजा ज्ञानेन्द्रमा थोपर्न सफल भए । राजा ज्ञानेन्द्र विवश थिए र नखाएको विष लागेर चुपचाप राज्य सञ्चालनमा घोत्लिएर लागेका थिए । झन् पश्चिमा र भारतको ग्राण्ड डिजायनमा गिरिजा र माओवादीबाट पेलिएर दरबार छोडेर जान बाध्य भएका थिए । उनले जनताको नासोको रूपमा छोडेर गएका राजगद्दी, राजदण्ड, श्रीपेच छोडेर नागर्जुन दरबार प्रस्थान गरेका थिए ।

राजा ज्ञानेन्द्र आफ्नो ममतायी मुमा सरकारलाई महेन्द्र मन्जील छोडेर आफ्नै निर्मल निवास सवारी भएपछि कथित गणतन्त्रका ‘खलनायक’हरूको आँखा राजा वीरेन्द्र र उनका सन्तानको सम्पत्तिमाथि गाडिन थाल्यो । राजा वीरेन्द्रको सम्पत्तिको असली हकदारको रूपमा राजसंस्थाको दरबार हत्याकाण्डपछि जीवित परिवार भए तापनि नेपाल ट्रष्टको नाममा राख्ने बहानामा दुष्ट नेताहरूको कुदृष्टि पुग्यो ।

रोचक कुरा त के छ भने त्यही नारायणहिटी संग्रालय हेर्न चीनका विदेशमन्त्री नेपाल भ्रमणताका अवलोकन गर्न पुगेका थिए, जसको केही सांकेतिक मान्यता रहेको छ, जस्तै कम्बोडियाका राजसंस्था फर्किने बेलामा पनि चीनका उच्चपदस्थ व्यक्तिद्वारा कम्बोडियाका दरबार अवलोकन गर्न गएका थिए । कम्बोडियामा पनि नेपालमाझैं साम्राज्यवाद र विस्तारवाद दुवै मिलेर कम्युनिष्ट प्रयोग गरी राजालाई अपदस्थ गरेका थिए ।

नेपाल ट्रष्ट स्थापनाको मुख्य उद्देश्य ट्रष्टमा भित्रिएको सम्पत्ति दाइजो खोज्ने परिवारमा नवदुलही भित्रिएको झैं भयो, दुहुने गाई । यी गाई (धर्म) र माई (राष्ट्र) नमान्ने भ्रष्ट नेताहरूले ट्रष्टको सम्पत्तिमा यस्तो रजाइँ गरे कि फुपुको धनमा मामाको श्राद्व भने झैं यिनका देव सपनाको हिममानव ‘यती सरकार’लाई भेटी चढाउनमा अहोरात्र खटिए । राजसंस्थाको सम्पत्ति ट्रष्टमा आज यिनका परिवार र यिनका अन्नदाताहरू पोषिन शुरूवात भएको छ, चाहे विधेयक, कानुनका बुँदा बदलेर किन नहोस् !? एक त सार्वभौम नागरिक तथा व्यक्तिको तथा उच्च पदस्थको सम्पत्ति लुट्नु अर्को त्यसमा यी भ्रष्ट नेताहरूको स्वादिष्ट भोजन हुनू ।

विदेशीको निर्देशनमा बाधा रूपमा रहेको राजसंस्था हटाइएपछि नारायणहिटी दरबार संग्रहालय बनाइयो र नारायणहिटीभित्र जबर्जस्ती गणतान्त्रिक स्मारक बनाइयो । रोचक कुरा त के छ भने त्यही नारायणहिटी संग्रालय हेर्न चीनका विदेशमन्त्री नेपाल भ्रमणताका अवलोकन गर्न पुगेका थिए, जसको केही सांकेतिक मान्यता रहेको छ, जस्तै कम्बोडियाका राजसंस्था फर्किने बेलामा पनि चीनका उच्चपदस्थ व्यक्तिद्वारा कम्बोडियाका दरबार अवलोकन गर्न गएका थिए । कम्बोडियामा पनि नेपालमाझैं साम्राज्यवाद र विस्तारवाद दुवै मिलेर कम्युनिष्ट प्रयोग गरी राजालाई अपदस्थ गरेका थिए । नेपालमा यिनै विस्तारवादी र साम्राज्यवादीले गिरिजा, देउवा, माधव, बाबुराम, प्रचण्ड तथा माओवादी प्रयोग गरी रणसंग्राम मच्चाएर सत्रौं हजार जनता मार्दै दरबारसमेत सोत्तर पारे । नारयणहिटी दरबार संग्रहालयमा परिणत भएपछि आफ्ना प्रभु ‘यती महाराज’लाई होटल तथा रेष्टुरेन्ट चलाउन दिने तम्तयारीमा छन् हाम्रा भ्रष्ट सरकारका हर्ताकर्ताहरू ।

राजसंस्थाको सम्पुर्ण सम्पत्तिमा आधिपत्य जमाएपश्चात दुःखद तथा खट्किएको कुरा के हो भने गणतान्त्रिक स्मारक बनाउन सक्ने सरकारले एउटा परापूर्व कालदेखि पुँजी आएको कुमारी मन्दिरलाई बाटोको पेटीमै टँसाएर राख्न सट्टा केही भूमि छुट्टाएरभित्रै कुनै ठूलो स्थान दिन सकेनन्, किनभने सरकार धर्म मान्दैन तर परधर्म कृश्चियन धर्म राष्ट्रिय पहिचान र सम्पत्ति हो भन्ने ठान्छ । कुमारी मन्दिर पहिला ठुलै स्थान ओगटेर बसेको थियो तर पछि बाटो बढाएपछि कुमारीको वासस्थान चेपुवामा प¥यो ।

त्यस्तै, नारायणहिटी दरबार परिसरका माछापोखरी, मठ–मन्दिर साह्रै ठिटलाग्दो अवस्थामा छ । मन्दिरछेउको सेनाको व्यारेक छिर्ने मुल ढोका भुईँचालोले भत्काएदेखि जिर्ण अवस्थामा छ र हालसम्म बनाइएको छैन । नाराणहिटी दरबारको चौरहरू फोहोर पोल्ने र फाल्ने ठाउँ बनाइएका छन् भने कतै घाम ताप्ने ठाउँ बनाइएका छन् । नारायणहिटी दरबार संग्रालयमा परिणत भएपछि कि त पैसा कमाउने भाँडो भएको छ कि फोहोरको डङ्गुर बनाइएको छ ।

नारायणहिटी संग्रहालयमा होटल भाडामा दिनेको र नेपाल ट्रष्टको काम कार्यवाहीको विरोध व्यापक रूपले भएको देखिएको छ । जुन स्वभाविक पनि हो झैँ लाग्छ तर यदि नारायणहिटी संग्रहालय नै हो भने यसलाई व्यापारिक प्रयोजनले उपयोग गर्नु कुनै अनौठो होइनझैँ लाग्छ । संसारमा जहाँ पनि संग्रहालयको आन्तरिक आर्थिक भार कम गर्न र नाफामा लग्नको लागि केही न केही व्यापारिक कृयाकलाप गरिरहन पर्दछ । अझ स्वीजर्ल्याण्डको बाजलस्थित एउटा संग्रहालयमा त विवाह, भोज, मिटिङ, कन्फरेन्स, पार्टी आदित्यादि आयमूलक कार्यक्रमहरू भइरहेको हुन्थ्यो ।

राजसंस्थाको सम्पुर्ण सम्पत्तिमा आधिपत्य जमाएपश्चात दुःखद तथा खट्किएको कुरा के हो भने गणतान्त्रिक स्मारक बनाउन सक्ने सरकारले एउटा परापूर्व कालदेखि पुँजी आएको कुमारी मन्दिरलाई बाटोको पेटीमै टँसाएर राख्न सट्टा केही भूमि छुट्टाएरभित्रै कुनै ठूलो स्थान दिन सकेनन्, किनभने सरकार धर्म मान्दैन तर परधर्म कृश्चियन धर्म राष्ट्रिय पहिचान र सम्पत्ति हो भन्ने ठान्छ ।

अब ट्रष्टको कुरा छ, ट्रष्ट भनेको सेवामुलक हो । सेवा तथा अन्य सामाजिक कृयाकलपको लागि अर्थको जरूरत हुन्छ । आज जग्गा मात्रै धुमधुम्ती राखे केही आय आर्जन हुँदैन भने बिनाअर्थले कुनै सामाजिक कृयाकलप निरर्थक हुन्छ । जसको लागि ट्रष्टले आर्थिक भार कम गर्न कुनै न कुनै उपाय अपनाउनै पर्छ । त्यसमा सरकारले यतीलाई जग्गा लिजमा दिए नि उतिलाई दिए नि सबै कुरा वाइह्यात बकवास हो झैँ लाग्छ । हो अनियमितता र भ्रष्टाचार छ भने त्यसमा छानबिन हुनैपर्छ ।

सबैभन्दा विडम्बना भनेको राजसंस्था र धर्मप्रति आस्था राखेका र राजसंस्था सर्वोपरि भनी हिँड्ने व्यक्ति तथा संघ–संस्था र पार्टीले यस विषयमा मुद्वा तथा नारा उठाउँदा हास्यास्पद लाग्छ । नारायणहिटीको संग्राहलय भाडामा दिने कुरा र नेपाल ट्रष्टले लिजमा दिने कुरालाई लिएर भत्सर्ना र विरोध गर्नु बेतुकका कुरा हुन् । राजसंस्था मान्नेले कसरी नारयणहिटी दरबारलाई संग्रहालय माने र राजा वीरेन्द्र र उनका स्वर्गीय शाही परिवारको सम्पत्ति नेपाल ट्रष्टका माने ?

यदि राजसंस्थामा आस्था, विचार तथा सिद्धान्त राख्नेले नारायणहिटी दरबारलाई संग्राहलय र राजसंस्थाको सम्पत्तिलाई नेपाल ट्रष्ट मान्छ भने सरकारको कुरालाई विरोध तथा नाजायज सम्झनु भनेको हावादारी र बेतुकका कुरा हुन्, कुरै नबुझी एक कप चियामा समय बिताएर हावा गफ दिएर हिँड्ने कुरा हुन् । होइन भने समस्त राजसंस्था अपरिहार्यता मान्ने व्यक्तिले नारायणहिटीलाई संग्रहालय होइन दरबार नै मान्नुपर्छ र स्वर्गीय राजा वीरेन्द्र र उनका स्वर्गीय शाही परिवारको सम्पत्ति उनकै शाही परिवारको निजी सम्पत्ति सोच्न सक्नुपर्छ ।

अबको भीषण आन्दोलन यही मुद्वालाई लिएर गर्न सक्नु पर्दछ भने परिवर्तनको खाका लिएर हिँडेका समस्त परिवर्तनकारीहरूले व्यवस्था फालेर आफ्नो शासन–सत्ता लाद्न सक्न पर्दछ । तत्पश्चात नेपालका अङ्गहरूमा बसेर नेपाल नेपालका ढुकुटी सिद्वाउनेहरूको श्रीसम्पत्तिबाट सोधभर्ना गर्नु पर्दछ र यी हालिमुहाली भ्रष्ट व्यक्तिहरूको सम्पत्ति सरकारीकरण गर्नु पर्दछ ।

प्रजावत्सल, जनताको मुटुको ढुकढुकी स्वर्गीय राजा वीरेन्द्रप्रति हार्दिक तथा भावपूर्ण श्रद्वासुमन । जय देश जय नरेश !

प्रतिक्रिया