मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् ।
भारतबाट भएको सीमा अतिक्रमणको विरोधमा राजधानीमा गरिएको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।
विरोध प्रदर्शनमा सहभागीहरू सिंहदरबार घेराउ गर्ने भन्दै माइतीघर मण्डलाबाट अघि बढ्ने क्रममा बिजुलीबजार पुलनजिकबाट गजुरेललाई पक्राउ परेका हुन् ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपको स्थितिसमेत सिर्जना भएको थियो । सो क्रममा १ जना प्रदर्शनकारी र १ जना प्रहरी घाइते भएका जनाइएको छ ।
प्रतिक्रिया