‘मारूनी’का लागि सिड्नी आउँदै पुष्प

‘मारूनी’का लागि सिड्नी आउँदै पुष्प


■ राजन घिमिरे, सिड्नी

यतिबेलाका नेपाली चलचित्रप्रेमी दर्शकहरुका प्रिय नायक हुन् पुष्प खड्का । विशेषगरी युवापुस्ताका दर्शकमाझ लोकप्रिय रहेका पुष्प पहिलोपटक अष्ट्रेलिया आउने भएका छन् । उनी आफैले अभिनय गरेको पछिल्लो चलचित्र मारूनीको विशेष प्रदर्शनीमा सहभागी हुन उनी अष्ट्रेलिया आउन लागेका हुन् ।

पुष्पसँगै चलचित्रकी निर्मात्री पुनम क्षेत्री पनि अष्ट्रेलिया आउँदैछिन् । चलचित्र मारूनी आगामी साता शुक्रबार (२७ डिसेम्बर) सिड्नीको हर्सभिलस्थित सिभिक थियटरमा प्रदर्शन हुने भएको छ । ‘अष्ट्रेलियामा रहनुहुने नेपालीहरू माझ बसेर चलचित्र हेर्न म आतुर छु । मलाई विश्वास छ कि मारूनी हेर्न उहाँहरूको जमघट बाक्लो हुनेछ’, पुष्पले भने ।

सिड्नीमा एक्सपर्ट टेलिकमले प्रस्तुत गरेको चलचित्र मारूनी सिड्नीपछि अन्य शहरहरूमा पनि प्रदर्शन हुने बताइएको छ ।