‘नेपाल आइडियल-३’ अष्ट्रेलिया भित्रिने निश्चित

‘नेपाल आइडियल-३’ अष्ट्रेलिया भित्रिने निश्चित


■ राजन घिमिरे, सिड्नी

नेपालको टेलिभिजनबाट प्रसारण हुने रियलिटी शोहरूले पछिल्लो समय दर्शकमाझ राम्रै प्रभाव जमाइरहेका छन् । यस्ता कार्यक्रमहरूले प्रवासमा रहेका नेपालीहरू माझ पनि आकर्षण पैदा गरिरहेको छ ।

कार्यक्रमको प्रसारण शुरू भएको छैन तर विदेशमा रहने नेपालीहरूका लागि यस्ता कार्यक्रम प्रस्तुत गर्ने अधिकार किनबेच बढ्न थालेको छ । यसैक्रममा बिहीबार (३ पुष) देखि एपी वन टेलिभिजनबाट प्रसारण शुरू भएको सांगीतिक रियलिटी शो नेपाल आइडियल सिजन–३ को अष्ट्रेलिया अधिकार बिक्री भएको छ । अष्ट्रेलियाको सिड्नीमा रहँदै आएका खिलेन्द्रराज तिमिल्सिनाले नेपाल आइडियल सिजन–३ लाई अष्ट्रेलिया ल्याउने जिम्मेवारी लिएका हुन् ।

प्रसारणपूर्व नै लोकप्रियता हात पारेको बहुचर्चित नेपाली सांगीतिक रियालिटी शो नेपाल आइडियल सिजन–३ को अष्ट्रेलिया–अधिकार तिमिल्सिनाले खरिद गरेका हुन् । ‘यसको लोकप्रियता र मागअनुसार नै हामीले सिजन–३ किनेको हौं’– उनले भने । तर खिलेन्द्रले सो अधिकार कति मूल्यमा खरिद गरेको भन्ने चाहिँ खुलाएनन् । ‘राम्रै रकम परेको छ हाम्रो’– उनले यति मात्र भने ।

नेपाल आइडियल सिजन–३ को विश्वभरको अधिकार किनेको ग्रिष्मा ब्रोडकास्टिङका गृहेन्द्र घिमिरेबाट खिलेन्द्रले अष्ट्रेलियाको अधिकार खरिद गरेका हुन् । नेपाली मनोरन्जन क्षेत्रप्रति अष्ट्रेलियावासी नेपालीमा राम्रो क्रेज छ, नेपाल आइडियलको त्यो साखलाई खिलेन्द्रजीले झनै बढाउनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ’– गृहेन्द्रले भने