मधेशी पत्रकार समाज कपिलवस्तुको नयाँ कार्यसमिति

मधेशी पत्रकार समाज कपिलवस्तुको नयाँ कार्यसमिति


■ नारद कोहार, कपिलवस्तु

जिल्लामा मधेशी पत्रकार समाज कपिलवस्तुको अध्यक्षमा पुनः रमेश मिश्रा चयन भएका छन् । शुक्रबार (२७ मंसिर) तौलिहवामा आयोजित भेलाबाट मिश्रालाई अध्यक्षमा चयन गरिएको हो । मिश्राको अध्यक्षतामा १५ सदस्यि कार्य समिति पुनर्गठन गरिएको छ ।

समाजको उपाध्यक्षमा विष्णुकुमारी मिश्रा, बासुदेव बर्मा सचिवमा दिलिप कुमार यादव, सहसचिव विनय चौबे र कोषाध्यक्षमा नारद कोहार चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा कृष्ण हरिजन, अजय मिश्रा, माया कुमारी थारु, सविता गुप्ता, राघवेन्द्र चौवे, अजय सहानी, नरसिंह कहार, विजय कुमार तेली र प्रतिमा विश्वकर्मा रहेका छन् भने सल्लाहकारमा रविन्द्रनाथ ठाकुर, बनारसी बर्मा, डा।सतिश उपाध्यक्ष, मनोज श्रीवास्तव र तुलसीराम यादव चयन भएका छन् ।

प्रदेश ५ मधेशी पत्रकार समाजका संमयोजक राम विकास चौधरीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता मधेशी पत्रकार समाजका कार्यवाहक अध्यक्ष रमेश मिश्राको अध्यक्षतामा भएको हो । बैठकले आगामी पौष ११ गते नवगठित जिल्ला समितिको पदस्थापन तथा सरोकारवालासंग परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सोही कार्यक्रमबाट पत्रकारिता क्षेत्रमा समावेशिता, प्रेस स्वतन्त्रता, तथा कपिलबस्तु जिल्लामा रही भाषा संस्कृति संरक्षण एवम् सम्बर्द्धनका लागि निरन्तर कलम चलाउँदै उल्लेखनीय योगदान पुऱ्याउनेहरुलाई छनौट गरी सम्मान गर्ने निर्णय गरेको छ ।