युवती बलात्कारको आरोपमा फर्निचर-उद्यमी पक्राउ

युवती बलात्कारको आरोपमा फर्निचर-उद्यमी पक्राउ


इटहरी उपमहानरपालिका–१९ की एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपमहानगरपालिका–२० मा सन साहेव फर्निचर सञ्चालन गर्दै आएका राजेशकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गत जेठमा विराटनगरस्थित अतिथि सदन नजिक एक युवतीलाई बलात्कार गरेर फरार रहेका मेहतालाई प्रहरीले पक्राउ गरेको प्रहरीको भनाई छ ।

मेहतालाई गत बिहीबार (२६ मंसिर) पक्राउ गरी मोरङ प्रहरीको जिम्मा लगाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । अभियुक्तलाई जबर्जस्ती करणी उद्योग मुद्दामा शुक्रबार पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।