पूर्व ‘श्री ५’ ज्ञानेन्द्र झापा जाँदै

पूर्व ‘श्री ५’ ज्ञानेन्द्र झापा जाँदै


पूर्व ‘श्री ५’ ज्ञानेन्द्र शाहले पुसको पहिलो साता पूर्वको भ्रमण गर्नुहुने भएको छ ।

करिब तीन साताका लागि भन्दै रानी कोमलसँगै उहाँ पुस २ गते झापा जानुहुने भएको हो ।

पुस २ गते बुधबार श्री एयरलाइन्सबाट झापाको भद्रपुरस्थित विमानस्थलमा अवतरण गरेपछि उहाँ दमक आउनुहुने भएको छ । भ्रमण अवधिमा दमकलाई मुकाम बनाएर उहाँले पूर्वका मठमन्दिरको पूजाआजा र दर्शन गर्ने बुझिएको छ ।