बेलायतमा कन्जर्भेटिभ पार्टीलाई स्पष्ट बहुमत

बेलायतमा कन्जर्भेटिभ पार्टीलाई स्पष्ट बहुमत


बेलायतमा बिहीबार भएको संसदीय निर्वाचनमा सत्तारुढ कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । उसले ६५० सदस्यीय संसदमा ६३७ स्थानको परिणाम आउँदा ३५५ स्थानमा विजय हासिल गरेको छ । लेवर पार्टीले भने २०२ स्थानमा मात्रै जित हासिल गरेको छ । यद्यपि, १३ स्थानको परिणाम आउन बाँकी नै छ ।

२०१७ मा भएको निर्वाचनमा उसले कन्जर्भेटिभले ३१७ स्थानमा मात्रै जित निकालेको थियो । उता विपक्षी लेवर पार्टीले भने विगतमा आफूले जित हासिल गरेको स्थानसमेत गुमाएको छ । उसले २०१७ को निर्वाचनमा २६२ स्थानमा विजय हासिल गरेको थियो ।

लेबर पार्टीका नेता जेरेमी कार्बिनले यस नतिजालाई ‘लेबर पार्टीका लागि एक ठूलो निराशाजनक रात’को प्रतिक्रिया दिएका छन् ।

कन्जर्भेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री बोरिस जनसनलाई बेलायतलाई युरोपीय संघबाट अलग गर्ने ब्रेग्जिट डिललाई लागू गर्न सक्ने जनादेश यस निर्वाचनबाट मिलेको छ ।