सात किलो चरेससहित चार पक्राउ

सात किलो चरेससहित चार पक्राउ


कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो चरेससहित चारजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को संयुक्त टोलीले डेरा गरी बस्दै आएका जसमलसिंह ठगुन्नाको कोठाबाट चरेससहित चारजनालाई पक्राउ गरेको इप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

उनका अनुसार दार्चुलाको मार्मा गाँउपालिका–१ घर भई डेरा गरी बस्दै आएका ठगुन्नासहित वकिल सिंह ठगुन्ना, हिक्मतसिंह धामी र जीवनसिंह ठगुन्नालाई पक्राउ गरिएको छ । पक्राउ परेकालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।

rss