सुन चार सय र चाँदी १० रुपैयाँले वृद्धि

सुन चार सय र चाँदी १० रुपैयाँले वृद्धि


एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य बिहीबार वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनमा प्रतितोला रु. चार सय र चाँदीमा प्रतितोला रु. १० वृद्धि भएको छ ।

महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु. ७१ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार नौ सय तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु. ८४० निर्धारण गरिएको छ ।

अघिल्लो बुधबारदेखि लगातार ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य बुधबार भने स्थिर रहेको थियो । बुधबार छापावाला सुन प्रतितोला रु. ७० हजार आठ सय, तेजाबी सुन प्रतितोला रु. ७० हजार पाँच सय र चाँदी प्रतितोला रु. ८३० मा खरिद–बिक्री भएको थियो ।
rss