नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा ७६ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा ७६ करोडको कारोबार


साताको अन्तिम दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से ११.१७ अंकले बढेर एक हजार १७२.६४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४१ अंकले बढेर २५५.६० पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । आज कुल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता सेयर रु. ७६ करोड ४० लाख २५ लाख २१३ मा खरिद–बिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहमध्ये पाँच उपसमूहको सेयर ओरालो लागेको छ । व्यापार १९, होटेल ३.७, उत्पादन ४४.९८, अन्य १.९४, माइक्रोफाइनान्स उपसमूहको सेयर ८.२२ अंकले घटेको छ । यस्तै बैंकिङ २.८२, विकास बैंक २.७२, हाइड्रोपावर २८.९७, फाइनान्स १.४, निर्जीवन बिमा ३३२.०४, जीवन बिमा २७८.६९ र सामूहिक लगानी कोषको सेयर ०.०९ अंकले बढ्यो ।

कारोबार रकमका आधारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर शीर्ष स्थानमा रह्यो । सो बैंकको सेयर रु. आठ करोड २८ लाख ५२ हजार ३१ मा खरिद–बिक्री भयो । यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु. चार करोड १० लाख ७० हजार ६२०, एनएमबी बैंकको रु. तीन करोड ७६ लाख ५९ हजार ५४४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु. तीन करोड ६६ लाख ५३ हजार ५४४, नेपाल बैंक लिमिटेडको रु. दुई करोड एक लाख ८९ हजार ३८ र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर रु. एक करोड ८६ लाख ३८ हजार २१६ मा खरिद–बिक्री भयो ।

आज सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४.७७ प्रतिशतले गुमाए । यस्तै साल्ट्र ट्रेडिङ कम्पनी ४.६०, युनिलिभर नेपाल लिमिटेड ३.९३, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३.६७, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले समान ३.४४ तथा आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.२७ प्रतिशतले गुमाए ।

स्टकका अनुसार आज सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्स कम्पनीका सेयरधनीले १० प्रतिशतले कमाए । यस्तै सूर्या लाइफ इन्स्योरेन्स ९.९६, हिमालयन जनरल इन्स्योरेन्स ९.९३, सगरमाथा इन्स्योरेन्स ९.९२, हिमालयन ऊर्जा विकास कम्पनी र आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले समान ९.८० तथा नेपाल इन्स्योरेन्स कम्पनीका सेयरधनीले ९.७९ प्रतिशतले कमाए ।

rss