अष्ट्रेलियामा प्रदूषण नियन्त्रण गर्न माग गर्दै प्रदर्शन

अष्ट्रेलियामा प्रदूषण नियन्त्रण गर्न माग गर्दै प्रदर्शन


अष्ट्रेलियाको राजधानी सिड्नीमा हजारौँले सरकारलाई दबाब दिन प्रदर्शन गरेका छन् । प्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्न माग गर्दै उनीहरूले सरकारको ध्यानाकर्षणका लागि बुधबार प्रदर्शन गरेका हुन् ।

अत्यधिक प्रदूषणका कारण सिड्नीको वातावरण नराम्रो र घातक हुँदै गएको र धरै मानिसलाई असर पार्न थालेको प्रदर्शनमा सहभागीहरूको भनाइ छ । पछिल्लो समयमा अस्पतालमा आउने बिरामीमध्ये वायु प्रदूषणका कारण बिरामी भएर आउनेहरूको सङ्ख्या २५ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

प्रदूषणको मात्रा अत्यधिक बढेको विज्ञ तथा सरकारी अधिकारीहरूले नै बताएका एएफपीले जनाएको छ ।

प्रदूषणले बालबालिका र वृद्धवृद्धालाई बढी असर पर्ने र बिरामी बनाउने भएकाले सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरिएको छ । प्रदूषणको असर न्यून गराउन भन्दै केही दिन अगाडि विद्यालय तथा केही कार्यालयहरूसमेत बन्द गरिएको थियो ।

प्रदर्शनकारीहरूले बढी प्रदूषण गराउने प्रकारका सवारी साधनहरू चल्न नदिन र प्रदूषण नियन्त्रणका अन्य उपायहरू अपनाउन पनि आग्रह गरेका छन् ।

प्रदर्शनमा झण्डै पाँच हजार सहभागी भएका थिए भने प्रदूषण नियन्त्रणका लागि सरकारले ठोस कदम नचालेको भन्दै आक्रोश व्यक्त गरेका थिए । देश अहिले आगोमा रहेको तर राजनीतिक नेताहरूलाई कुनै मतलव भएको प्रदर्शकारीहरूको भनाई थियो ।

‘हाम्रो सरकारले यसका लागि केही गरेकै छैन, कसैले केही सुनेकै छैन, कसैले केही गरेकै छैन, किन हो ?’ २९ वर्षीय प्रदर्शनकारी जारा जेओको प्रश्न छ ।