फर्निचर उद्योगमा आगलागी हुँदा २५ लाखको क्षति

फर्निचर उद्योगमा आगलागी हुँदा २५ लाखको क्षति


धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी भएको छ ।

गएराति १ः५० बजेको समयमा भएको आगलागीबाट जोशी फर्निचर उद्योगमा रहेको मेसिन र काठ पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

विद्युत् सर्ट भएर भएको आगलागीबाट झन्डै २५ लाख मूल्यबराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा ३ः३० बजे आगो नियन्त्रणमा लिएको बताइएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
pict: rss