घाँसदाउरा गर्न गएका दुई महिलाको जंगलीहात्तीको आक्रमणमा परी मृत्यु

घाँसदाउरा गर्न गएका दुई महिलाको जंगलीहात्तीको आक्रमणमा परी मृत्यु


जंगलीहात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा दुई महिलाको मृत्यु भएको छ ।

महाकाली नगरपालिका– २ मा रहेको मायापुरी सामुदायिक वनमा घाँसदाउरा गर्न गएका महिलामाथि जंगली हात्तीको समूहले आक्रमण गर्दा अन्य चारजना घाइते बनेका छन् ।

हात्तीको आक्रमणमा परी ५० वर्षीया भुरीदेवी बोहरा र ३८ वर्षीया वसन्ती भट्टको मृत्यु भएको हो भने घाइते हुनेमा ३५ वर्षीया ललिता बोहरा, ३४ वर्षीया सुनिता विष्ट, ३२ वर्षीया उमा साउद र ३५ वर्षीया सरिता ओझा रहेका छन् ।

घाइते सबैको भारतको खटिमास्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।