चेकोस्लोभाकिया अस्पताल-आक्रमण : सन्दिग्ध आक्रमणकारीद्वारा आत्महत्या

चेकोस्लोभाकिया अस्पताल-आक्रमण : सन्दिग्ध आक्रमणकारीद्वारा आत्महत्या


चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभास्थित अस्पतालमा आक्रमण गर्ने बन्दुकधारीले प्रयोग गरेको गाडीलाई पिछा गर्ने क्रममा सन्दिग्ध आक्रमणकारीले आत्महत्या गरेको त्यहाँको प्रहरीले बताएको छ । ‘आक्रमणकारी’ लाई प्रहरीले पिछा गरेपछि उसले आफ्नो टाउकोमा गोली हानी आत्महत्या गरेको प्रहरीको भनाई छ ।

प्रहरीले उक्त व्यक्तिको परिचय र उसको कुनै आतङ्कवादी समूहसँग सम्लग्नता थियो वा थिएन भन्ने विषयमा अनुसन्धान थालिसकेको बताएको एएनआईले जनाएको छ । मङ्गलबार एक व्यक्तिले एक्कासी अस्पतालभित्र प्रवेश गरी गोली चलाउँदा कम्तीमा चार जनाको घटनास्थलमा र अन्य दुईको उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनामा अझै दुईको घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि प्रहरीले दिएको जानकारीमा उक्त घटनामा कम्तीमा चार जनाको मृत्यु भएको उल्लेख गरिएको थियो । प्रहरी प्रवक्ताका अनुसार आक्रमणमा चार जना घटनास्थलमा नै मारिएका थिए भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

क्षेत्रीय अस्पतालमा उपचारका लागि बिरामी राखिएको वार्डमा आक्रमणकारीले निशाना बनाएको थियो । यद्यपि मारिने उपचारका लागि अस्पताल पुगेका बिरामी थिए वा उनीहरूका आफन्त भन्नेबारेमा प्रहरीले स्पष्ट गरेको छैन ।