तौलिहवा अस्पतालको अनुगमन

तौलिहवा अस्पतालको अनुगमन


■ नारद कोहार, कपिलवस्तु

जिल्लाको सदरमुकामस्थित तौलिहवा अस्पतालको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालद्वारा अनुगमन गरिएको छ । अस्पतालको अवस्थाको बारेमा अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लाले मन्त्री बराललाई जानकारी गराएका हुन् ।

अनुगमनको क्रममा बोल्दै मन्त्री बरालले यसको सेवा विस्तार गर्नका लागि छिटै नै प्रदेश सरकारले अस्पतालमा भर्खर जन्मेका बच्चाका लागि एनआईसीयु सेवा उपलब्ध गराउने बताए । उनले भने यस क्षेत्रको सबभन्दा ठूलो अस्पताल रहेकोले यसको विकासका लागि प्रदेश सरकार विशेष सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

मन्त्री बरालको साथमा प्रदेशसभा सदस्यहरु धर्म बहादुर लाल श्रीवास्तव, प्रदेशसभा सदस्य एवं सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेय, फौजिया नसिम, नेकपाका नेता दीपक पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।