अवकाश दिएपछि युवतीले गरिन् आत्महत्या

अवकाश दिएपछि युवतीले गरिन् आत्महत्या


ब्यवस्थापनले कामबाट अवकास दिएपछि सिराहाकी एक युवतीले मङ्गलबार (२५ मंसिर) आत्महत्या गरेकी छिन् । सिराहाको चोहरवामा कारखाना रहेको मारुति सिमेन्ट उद्योगमा विगत दुई वर्षदेखि कार्यरत २१ वर्षीया अनिता पासवानलाई कामबाट अवकास दिएपछि आत्महत्या गरेकी हुन् । गोलबजार वडा नं. ९ गोविन्दपुरकी अनिताले मजदूर हितका निम्ति माग राखेका कारण उनलाई मारुति सिमेन्टको व्यवस्थापनले अवकास दिएको थियो ।

यसरी अनिताले आत्महत्या गरेपछि आक्रोशित मजदूर तथा स्थानीय वासिन्दाले मंगलबारदेखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्दै क्षतिपूर्ति माग गरेका छन् । चोहरवा क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।