कीर्तिमान कायम गर्दै गौरिकाले जितिन् चौथो स्वर्ण

कीर्तिमान कायम गर्दै गौरिकाले जितिन् चौथो स्वर्ण


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडी खेलतर्फ गौरिका सिंहले चौथो स्वर्ण पदक जितेकी छिन् । गौरिकाले महिला १०० मिटर फ्रीस्टाइलतर्फ चौथो स्वर्ण पदक जितेकी हुन् । गौरिकाले उक्त दुरी ५८.१३ सेकेन्डमा पार गरेकी हुन् ।

१३औँ सागमा चौथो पदक स्वर्ण पदक जित्दा गौरिकाले आफैले राखेको कीर्तिमान तोडेकी छिन् । चौथो स्वर्ण पदक जितेसँगै कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले जितेको चारवटा स्वर्णको बराबरी गरेकी छिन् ।