फेन्सिङमा उत्कृष्ट प्रदर्शन : नेपालले जित्यो अर्को रजत

फेन्सिङमा उत्कृष्ट प्रदर्शन : नेपालले जित्यो अर्को रजत


१३औं सागअन्तर्गत फेन्सिङमा नेपालले मंसिर २२ गते आइतबार अर्को रजत पदक जितेको छ । महिला टिम फ्वेलमा नेपालले रजत जितेको हो । यससँगै नेपालले फेन्सिङमा दुई रजत पदक जितेको छ । यसअघि शनिबार भएको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरमा नेपालकी रविना थापाले रजत दिलाएकी थिइन् । फेन्सिङमा नेपालले पुरुष टिम साबरमा कांस्य जित्यो ।

सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको नेपाली टोली फाइनलमा भने भारतसँग स्तब्ध बन्न पुग्यो । यस स्पर्धामा बंगलादेश र श्रीलंकाले का.स्यमा चित्त बुझाए ।

पुरुष टिम इपीमा भारतले स्वर्ण जित्यो । यसैगरी बंगलादेशले रजत र पाकिस्तान र श्रीलंकाले कांस्य जिते । यसैगरी पुरुषकै टिम साबरमा भारतले नै स्वर्ण जित्यो । फाइनलमा भारतले बंगलादेशलाई नै निरास बनायो । यस स्पर्धामा नेपाल र श्रीलंकाले कांस्यमा चित्त बुझाए ।

फेन्सिङमा अहिलेसम्म भारतले ८ स्वर्ण जितिसकेको छ । यसैगरी बंगलादेशले एक स्वर्ण जित्दा अरु राष्ट्रले स्वर्ण जित्न सकेका छैनन् । नेपालले भने दुई रजत र पाँच कांस्य जितिसकेको छ । सोमबार टिम स्पर्धामै तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।