एलजीको कन्डेन्सर ड्रायर नेपाली बजारमा

एलजीको कन्डेन्सर ड्रायर नेपाली बजारमा


नेपाली बजारमा एलजी ब्राण्डका वासिङ मेसिन सर्वाधिक बिक्री हुने वासिङ मेसिनको रूपमा स्थापित भइरहेकै बेला उपभोक्ताको माग ध्यानमा राखेर एलजीले कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले जनाएअनुसार यस कन्डेन्सर ड्रायरमा सेन्सर ड्रायर टेक्नोलोजी छ, जसले लुगामा भएको ओस पत्ता लगाएर सही तापक्रम र समय छनौट गरी कपडालाई सुकाउँछ । साथै यसमा ठूलो ड्रमको क्षमता रहेको छ, जसमा धेरै लुगाहरु एकैपटकमा सुकाउन सकिन्छ । ¥याक निर्मित भएकोले नाजुक कपडा, कपडाको खेलौना साथै जुत्ताहरू यसले नघुमाइकन सुकाउँदछ ।

ट्रु स्टिम र २ वे टम्बिलिङ टेक्नोलोजीले किटाणुरहित बनाउनुका साथै कपडाहरू खुम्चिनबाट बचाउने दाबी गर्दै कम्पनीले यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एलजीको वासिङ मेसिनसँगै सजिलै जडान गर्न सकिने जनाएको छ ।

साथै, एलजीसँग वासर ड्रायर भएको वासिङ मेसिन पनि उपलब्ध रहेको जानकारी दिइएको छ । यसले कपडा धुनुका साथै शत् प्रतिशत सुकाउने भएकोले यस वासर ड्रायरको माग चिसो मौसममा बढिरहेको कम्पनीको भनाई छ ।