‘साग’मा गौरिकाको स्वर्णमा ह्याट्रिक

‘साग’मा गौरिकाको स्वर्णमा ह्याट्रिक


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आइतबार (२२ मंसिर) भएको महिला ४०० मिटर फ्रिस्टाइलमा नेपाली खेलाडी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् ।

गौरिकाले उक्त दुरी ४.२५.२८ सेकेन्डमा पार गरेकी हुन् । १३औं सागमा गौरिकाले तेस्रो स्वर्ण पदक जित्दै स्वर्ण पदकप्राप्तिमा ह्याट्रिक गरेकी हुन् ।