ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त

ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त


ट्रकको ठक्करबाट विद्यार्थी घाइते भएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । कोहलपुर–नेपालगञ्ज सडकखण्डअन्तर्गत हाइस्कुलमा आइतबार बिहान ना.२ख नम्बरको ट्रकले ठक्कर दिँदा त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१२ वर्षीया प्रकृति चन्द घाइते भएकी हुन् ।

उनी घाइते भएपछि विद्यार्थीको समूहले ट्रकमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान हुँदा सो सडक खण्ड भएर चल्ने दर्जनौँ सवारीसाधन बीचसडकमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका छन् । विद्यार्थीले सडकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही विद्यार्थी नियन्त्रणमा लिएको छ भने केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।