तस्करी हुँदै गरेको एक ट्रक सुर्ती बरामद

तस्करी हुँदै गरेको एक ट्रक सुर्ती बरामद


  • अभिनव गुप्ता/विजय वर्मा, नेपालगञ्ज

वडा प्रहरी कार्यालय नेपालगञ्जले भन्सार क्षेत्रबाट ठूलो परिमाणमा सुर्ती बरामद गरेको छ। आइतबार बिहान ३ बजे वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतको कमाण्डमा रहेको टोलीले नेपालगन्ज १६ जयसपुर इतरामबाबा मन्दिरपछाडि परालमा लुकाइराखेको एक ट्रक सुर्ती बरामद गरेको हो।

स्रोतका अनुसार सो ठाँउ तस्करहरुको अखडा मानिन्छ । तस्करले भन्सार सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सेटिङ मिलाएर तस्करी गर्ने गरेको स्थानीयवासीको भनाइ छ । सशस्त्रको सेटिङमा भन्सार दायाँबायाँ बाट मालसामान तस्करी भैरकेको छ । ४० नम्बर भन्सार गुल्मका डिसपी नवराज बोहरा को मिलेमतो सामान तस्करी भैरहेको स्थानीयहरु आरोप लगाउँछन् । भन्सार गुल्मले असइको कमान्डमा दुईजना घुमुवा खटाई असुली गर्ने गरेको चर्चा छ। दैनिक रुपमा भन्सार दायाँबायाँबाट मालसमान तस्करी भइरहेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

विशेष सूचना पाएर प्रहरी टोली जमुनहा गाउँ पुगेर जाँच गर्दा सुर्ती बरामद गरेको प्रहरी निरीक्षक बस्नेतले बताए । बस्नेतका अनुसार उक्त सुर्ती भारतबाट अवैध रूपमा ल्याएर राखिएको हो । बस्नेतले भने( उक्त सुर्तीको मूल्य ४ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ। यसअघि पनि प्रहरीले सशस्त्र प्रहरीले सेटिङमा छाडेको सामान नेपाल प्रहरीले बरामद गरेको थियो ।