दिल्लीमा भीषण आगलागी, ४३ को मृत्यु

दिल्लीमा भीषण आगलागी, ४३ को मृत्यु


भारतको राजधानी नयाँदिल्लीको रानी झाँसीरोडस्थित एक अन्नभण्डारमा आगलागी मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

आगलागीमा परी घटनास्थलमै र उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो । घाइतेलाई स्थानीय लोक नायक अस्पतालमा भर्ना गरिएको थियो ।

दिल्लीको पुरानो बजार क्षेत्रमा रहेको सो बहुतले भवनमा आइतबार बिहान ५ बजेतिर आगो लागेको थियो । त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो चाँडै फैलिएको बताइएको छ । सोही आगोका कारण नजिकका तीन घरसमेत जलेका छन् ।

भवनमा आगो लाग्दा दर्जनौँ कामदार सो भवनमा सुतिरहेको थिए । आगो नियन्त्रणमा लिनका लागि २५ वटा दमकल घटनास्थलमा परिचालन गरिएका छन् ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले दुःख व्यक्त गरेका छन् ।