वडाध्यक्षद्वारा सञ्चारकर्मीहरू कुटिएपछि…

वडाध्यक्षद्वारा सञ्चारकर्मीहरू कुटिएपछि…


एक महिलाको रहश्यमयी मृत्युबारे रिपोटिङका लागि बनेपा पुगेका तीन सञ्चारकर्मी बनेपा–६ का वडाध्यक्षको दुर्व्यवहारको शिकार बनेका छन् । पत्रकारहरु रामचन्द्र दुलाल, सिबी खड्का (छक्कबहादुर खड्का), प्रकाशचन्द्र दाहालमाथि वडाध्यक्ष सचिदानन्द केसीसहितको एक समूहले आक्रमण गरेको हो ।

यही मङ्सिर १२ गते दुई सन्तानकी आमा कविता कार्कीको रहस्यमय निधन भएको तर हालसम्म दाहसंस्कार नगरिएको विषय बाहिरिएपछि वास्तविकता बुझ्नका लागि पत्रकारको टोली बनेपा पुगेका थिए । तर, रिपोर्टिङमा सघाउनुको साटो बनेपा नगरपालिका–६ का वडाध्यक्ष केसीलगायतको समूहले पत्रकारमाथि निर्घात कुटपिट गरेका हुन् ।

यसरी सञ्चारकर्मीमाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाले भत्र्सना गरेको छ । स्थलगत रिपोर्टिङका क्रममा बिहीबार दिउँसो (१९ मंसिर) काठमाडौंबाट काभ्रेको बनेपा नगरपालिका–६ स्थित बुडवल पुगेका शाखाका सदस्य दुलाल, खड्का र दाहाललाई वडाध्यक्ष सचिदानन्द केसीले आक्रमण गरेको भन्दै त्यसप्रति महासङ्घले आपत्ति जनाएको होे ।

काठमाडौं शाखाद्वारा शुक्रबार जारी विज्ञप्तिमा वडाध्यक्ष केसीले जफत गरेको सञ्चार उपकरण तुरुन्त फिर्ता गर्नुपर्ने, घाइते पत्रकारको उपचार गर्नुपर्ने, आइन्दा त्यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धतासहित माफी माग्नुपर्ने र प्रेस स्वतन्त्रता तथा कानूनी राज्यको उच्च सम्मान गर्नुपर्ने माग गरिएको छ ।

नागरिकलाई सुसूचित गर्ने कार्यमा खटिएका पत्रकारलाई गरिएको दुव्र्यवहारले पत्रकारको संवैधानिक स्वतन्त्रताको हनन भएको महासङ्घको ठहर रहेको उल्लेख गरिएको छ ।