कपिलवस्तुमा पूर्व ‘श्री ५’ लाई स्वागत गर्न उर्लियो जनसागर

कपिलवस्तुमा पूर्व ‘श्री ५’ लाई स्वागत गर्न उर्लियो जनसागर


■ विशेष प्रतिनिधि

प्रदेश ५ का विभिन्न जिल्लाको भ्रमणमा निस्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह कपिलवस्तु आइपुग्नुभएको छ । कपिलवस्तु आउनुभएका शाहले जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर २ को पशुपतिनाथ मन्दिर पुग्नुभई धार्मिक विधिअनुसार पूजा गर्नुभएको छ ।

वहाँ मन्दिरमा प्रवेश गर्ने गर्ने क्रममा बटुकहरुले स्वस्तीवाचन गरेका थिए । पूर्वराजा शाहले करिव १५ मिनेटसम्म मन्दिरमा गणेश, कलश र शिवजीको पूजा गर्नुभयो । पूर्वराजालाई स्वागत गर्न गोरुसिङ्गेदेखि मन्दिरसम्मको करिव १ किलोमिटरको दुरीमा नागरिकहरु लाम लागेका थिए ।

पुर्वराजा शाहको स्वागतमा ठूलो संख्यामा जनसहभागिता रहँदा आफुहरु उत्साहित भएको मूल आयोजक समितिका संयोजक भीष्म बन्जाडेले बताउनुभयो। राजा राष्ट्रियताको प्रतीक भएको विषय आमनागरिकले स्पष्ट रुपमा बुझेको उल्लेख गर्दै बन्जाडेले पछिल्लो समय गणतन्त्रवादीका गतिविधिका कारण आमनागरिकलाई निराश तुल्याएको आरोप लगाउनुभयो ।