ग्लोबल आईएमई र रूपाकोट रिसोर्टबीच सम्झौता

ग्लोबल आईएमई र रूपाकोट रिसोर्टबीच सम्झौता


ग्लोबल आईएमई बैंक लि. र रूपाकोट रिसोर्ट प्रालिबीच रिसोर्टले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात् रूपाकोट रिसोर्ट, पोखरामा ग्लोबल आईएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिसोर्टले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने बताइएको छ । ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न सङ्घ÷संस्थासँग समन्वय गरी यस्ता योजनाहरू ल्याउने गरेको छ ।