प्रधानमन्त्री निवास फिर्ता, सिंहदरबारको काम बालुवाटारबाटै हुने

प्रधानमन्त्री निवास फिर्ता, सिंहदरबारको काम बालुवाटारबाटै हुने


एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट बिहीबार (१९ मंसिर) प्रधानमन्त्री निवास बालुवाटार फिर्ता हुनुभएको छ । उहाँ यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना हुनुभएको थियो ।

सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अपराह्न उक्त सेन्टरबाट डिस्चार्ज हुनुभएको हो ।

प्रधानमन्त्री ओलीको उपचारमा उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाह, वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमी, प्रत्यारोपण विशेषज्ञ प्राडा रमेशसिंह भण्डारी, केन्द्रका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठलगायतको चिकित्सकको समूह संलग्न थियो । डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सेन्टरमा जानुभई प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले अब बालुवाटारस्थित निवासबाटै आफ्नो कार्य सञ्चालन गर्नुहुने बताइएको छ । चिकित्सकहरूको निगरानी पनि निरन्तर रहने बालुवाटार निकट सुत्रले जनाएको छ ।

pict: rss