उसुमा नीमाले जिताइन् नेपाललाई स्वर्ण

उसुमा नीमाले जिताइन् नेपाललाई स्वर्ण


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत मंसिर १९ गते बिहीबार भएको उसु प्रतिस्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ । उसुको थाउलो नानछुवानतर्फ नीमा घर्ति मगरले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।

नीमाले कुल १८.९१० स्कोर गर्दै स्वर्ण पदक जितेकी हुन् । यसअघि भारतको गुहावटी र सिलोङमा सम्पन्न १२औं दक्षिण एसियाल खेलकुद प्रतियोगिता (साग) पनि नीमाले स्वर्ण पदक जितेकी थिइन् । साग गेममा नीमाको यो दोश्रो स्वर्ण पदक हो ।

साग गेममा दोश्रो स्वर्ण पदक जितेपछि निकै प्रफुल्लित देखिएकी निमाले अब आफ्नो लक्ष्य एसियाली र ओलम्पिक खेलमा पदक जित्ने रहेको बताइन् । त्यस्तै नेपाल उसु महासंघका अध्यक्ष बीरबहादुर तामाङले नीमाले उत्कृष्ट प्रदर्शन गरेकोमा खुशी प्रकट गरे । नीमाको प्रदर्शनको वारेमा जस्तो सोचेका थियौँ त्यस्तै परिणाम आयो भन्दैै उनलाई बधाई दिएका थिए ।

यो खेलमा बंगलादेशकी मोर्जिया अख्तरले दोश्रो र श्रीलंकाकी एमएस सन्जुकुमारीले तेस्रो स्थान हासिल गरेका थिए ।