भाइको चिर्पट प्रहारबाट दाइको मृत्यु

भाइको चिर्पट प्रहारबाट दाइको मृत्यु


रक्सी सेवनपछि भएको दाजुभाइको झगडामा दाइले ज्यान गुमाएका छन् । भोजपुरको अरुण गाउँपालिका–६ धाउखानीमा गत सोमबार सक्सी सेवनपछि दाजुभाइबीच भएको झगडामा चिर्पट हानाहान गर्दा दाइको ज्यान गएको हो ।

ज्यान गुमाउने दाइ सुवास ४० वर्षका र भाइ डिकमान १८ वर्षको रहेको प्रहरीले बताएको छ ।

भाइ डिकमानले हानेको चिर्पटबाट गम्भीर धाइते भएका सुवासको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान थालेको बताइएको छ ।