महिला क्रिकेटमा अन्जलीको ‘विश्व कीर्तिमान’

महिला क्रिकेटमा अन्जलीको ‘विश्व कीर्तिमान’


१३औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट खेलमा नेपाली खेलाडी अन्जली चन्दले विश्व कीर्तिमान कायम गरेकी छिन् । पोखरामा सञ्चालन भइरहेको महिला क्रिकेटमा माल्दिब्सका ६ जना खेलाडीलाई सून्यमा आउट गरेर अन्जलीले विश्व कीर्तिमान कायम गरेकी हुन् ।

अन्जलीले २.१ ओभरमा सून्य रन दिएर ६ विकेट लिँदै विश्व कीर्तिमान कायम गरेकी हुन् । यसअघि माल्दिब्सकी खेलाडी मास एलिसाको नाममा यस्तो कीर्तिमान थियो । एलिसाले चीनविरुद्धको खेलमा तीन रन दिएर ६ विकेट लिएकी थिइन् ।

पहिलो ब्याटिङ गर्न आएको माल्दिब्सलाई नेपालले १०.१ ओभरमा १६ रन मात्र दिएर अलआउट गरेको थियो । १७ रनको विजय लक्ष्य पाएको नेपालले पाँच बलमै उक्त लक्ष्य हासिल गर्दै विजयी भएको थियो ।

१३औँ सागमा महिला क्रिकेटतर्फ नेपाल, माल्दिब्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएका छन् ।