दुई छोराका आमाले जितिन् तेक्वान्दोमा स्वर्ण

दुई छोराका आमाले जितिन् तेक्वान्दोमा स्वर्ण


१३औँ ‘साग’अन्तर्गत तेक्वान्दोको महिला पुम्सेतर्फ आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् । २९ वर्षभन्दा माथिको महिला उमेर समुहमा शाक्यले ७.९४० अंक प्राप्त गरी स्वर्ण जितेकी हुन् ।

यसअघि बंगलादेशमा सम्पन्न ११औँ सागमा शाक्यले पहिलो स्वर्ण पदक जितेकी थिइन् । उनले सागमा जितेको यो दोश्रो स्वर्ण पदक हो ।

भारतको गुवाहटी र सिलोङमा सम्पन्न १२औँ सागमा पनि आयशाले रजत पदक जितेकी थिइन् । त्यस्तै उनले दोहाको कतारमा सम्पन्न एसियाडमा काश्य पदक जितेकी थिइन् ।

दुई छोराका आमा आयशाले १३औँ सागमा समुह परिवर्तन गरेर पुम्सेतर्फ प्रतिस्पर्धा गरेकी थिइन् । आयशा तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टकी पत्नी हुन् ।