नेपाललाई कराते र तेक्वान्दोमा स्वर्ण

नेपाललाई कराते र तेक्वान्दोमा स्वर्ण


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भएको करातेतर्फको एकल कातामा मन्डेकाजी श्रेष्ठले स्वर्ण पदक जितेका छन् । १३औँ सागमा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो ।

यसैगरी तेक्वान्दोको पुम्सेतर्फ पनि नेपालले स्वर्ण पदक जितेको छ । नेपाललाई पुम्सेतर्फ कमलबहादुर श्रेष्ठले स्वर्ण पदक दिलाएका हुन् । २३ देखि २९ वर्ष उमेर समुहको पुरुषतर्फ ८.२७० अङ्क प्राप्त गर्दै कमलले स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै, तेक्वान्दोको पुम्सेतर्फ १७ देखि २३ वर्षको उमेरमा सिना मादेन लिम्बुले स्वर्ण पदक जितेकी छिन् । उनले स्वर्ण पदक जित्न ८.२७० अंक प्राप्त गरेकी थिइन् ।