प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कास्की–२ मा नेकपाका विद्या भट्टराईले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अग्रता लिएकी छिन् ।
शनिबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत परिणामअनुसार ११ हजार ८४७ मतका साथ भट्टराई पाँच हजार ९६० मतले अगाडि रहेकी छिन् । नेपाली कांग्रेसका खेमराज पौडेलले पाँच हजार ८८६ मत पाएका छन् ।
सो क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका वडा नं. १७ र २०, २१ र ३३ को मतगणना सम्पन्न भइसकेको छ र यतिखेर वडा नं ४ र १६ को मतगणना शुरु भएको छ । सो क्षेत्रमा ४५ हजार ५७९ मत खसेकामा अहिलेसम्म ती चार वडामा गरी १९ हजार ३१ मतको गणना भइसकेको छ ।
प्रतिक्रिया