रनवे ड्रिम्सको उपाधि निश्चल र सिमरनलाई

रनवे ड्रिम्सको उपाधि निश्चल र सिमरनलाई


‘रनवे ड्रिम्स २०१९’को उपाधि निश्चिल न्यौपाने र सिमरन चौधरीले जितेका छन् । ‘ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसन’को आयोजनामा शुक्रबार साँझ थापाथलीस्थित ब्लुस्टार इभेन्टसमा उनीहरूले सो उपाधि जितेका हुन् । दुवै विजेताले आयोजकको तर्फबाट नगद एक लाखबराबरका विभिन्न अवसरका आकर्षक प्याकेज हात पारेका छन् ।

प्रतियोगितामा पुरुषतर्फ निश्चल १९ र महिलातर्फ सिमरन आठ प्रतियोगीलाई पछि पार्दै विजयी बनेका हुन् । प्रतियोगितामा महिलातर्फ दिव्या शाह फस्र्ट रनरअप र रिना गर्सियता सेकेन्ड रनरअफ भए । त्यसैगरी पुरुषतर्फ मनोज मान फस्र्ट रनरअप र आभाष भट्टराई सेकेन्ड रनरअपको उपाधिमा कब्जा जमाए ।

भविष्यमा उत्कृष्ट प्रशिक्षणसहित मोडलिङ र फेसनको जुनसुकै पाटोमा पनि युवायुवतीलाई सक्षम बनाउने योजनासहित रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको आयोजक ‘ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसन’की सीईयो मञ्जु ढकालको भनाइ छ ।

गायक निर्णय श्रेष्ठ, मिसेज इन्टरनेसनल हेरिटेज २०१९ दुर्गा बिसुराल, ब्युटिसियन सीता न्यौपाने पाठक, म्याहन्ट विजेता धु्रव बुढाथोकी, फेसन डिजाइनर गोमा तिवारी, केज फिटनेस अनर उज्ज्वलकृष्ण श्रेष्ठ र सञ्चारकर्मी सिर्जना दुवालले निर्णायकको भूमिका निर्वाह गरेको उक्त कार्यक्रम आकर्षक साजसज्जासहित भव्य रूपमा निर्माण भएको रनवेसहित फेसनमय वातावरमा सम्पन्न भएको थियो ।