परमवीर गोर्खालीको…

परमवीर गोर्खालीको…


■ रामेश्वर राउत मातृदास

परमवीर गोर्खालीको आकाश उच्च छाती
पीर मान्ने जात हैनौँ शिर उठाउँछौँ माथि

हामी हाम्रो सीमानाका अटल–ध्रुवतारा
अदम्य छ गोर्खालीको गौरव विश्वसारा
जोस–होसको अग्निपथमा हट्छन् कुलघाती
परमवीर गोर्खालीको आकाश उच्च छाती
पीर मान्ने जात हैनौँ…..

झिकिकटक अचुक हाम्रो जाइकटक खाली
जय जय गोरख ! महामन्त्र जय जय महाकाली !!
डमरु र त्रिशूल–त्रिलोक ज्वाला जीवन आदि
परमवीर गोर्खालीको आकाश उच्च छाती
पीर मान्ने जात हैनौँ….

रक्तवीज हौँ वैरीलाई खोजीखोजी खार्छौँ
अत्याचारी–अन्यायीलाई पाताल–भष्म पार्छौँ
सार्वभौम राष्ट्र नेपाल सृष्टि–शिरको मादी
परमवीर गोर्खालीको आकाश उच्च छाती
पीर मान्ने जात हैनौँ..

– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती