गरिमा विकास बैंकद्वारा विद्यालयलाई कम्युटर

गरिमा विकास बैंकद्वारा विद्यालयलाई कम्युटर


आफ्नो स्थापनाको १३औं वाार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत श्री विन्ध्यबासिनी मा.वि., पोखरा–१६, बाटुलेचौरलाई ई–लाइब्रेरी संचालनको लागि ६ थान कम्प्युटर प्रदान गरेको छ ।

बैंकका अध्यक्ष चन्द्रकान्त बरालले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई कम्युटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष बरालले समयको मागअनुसार प्रविधिको माध्यमबाट विद्यार्थीहरूले पुस्तक तथा सामाग्रीहरू अध्ययनका लागि आवश्यक कम्प्युटर सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

यस्तै, विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य गुरुदत्त भट्टराईले बैंकले आगामी वार्षिकोत्सवहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिई पिछडिएका अन्य विद्यालयलाई समेत सहयोग गर्न अनुरोध गर्दैसहयोगप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा बैंकका सञ्चालक कुञ्जराज थापा, पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारी, विद्यालयका प्र.अ. कृष्णप्रसाद आचार्य, विद्यालयका सल्लाहकार बेनीबहादुर बस्नेत लगायतले आफ्ना भनाई राखेका थिए ।

बैंकका संचालक संजिव ढकाल, पोखरा क्षेत्रका शाखा प्रमुखहरू, क्लस्टर कार्यालयका कर्मचारीहरू, बाटुलेचौर शाखाका कर्मचारीहरू र विद्यालयका तर्फबाट विद्यालय व्यवस्थपन समितिका सदस्यहरू, अभिभावक संघका सदस्यहरू, सल्लाहकारहरू, शिक्षक शिक्षिकाहरू, विद्यार्थीहरूको कार्यक्रममा उपस्थिति थियो ।