वयोवृद्ध पत्रकार गुरुवाचार्यको निधन

वयोवृद्ध पत्रकार गुरुवाचार्यको निधन


अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको शुक्रबार बिहान निधन भएको छ । लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको शुक्रबार थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो ।

संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय समाचार समिति एसोसिएटेड प्रेस (एपी) को काठमाडौंस्थित प्रतिनिधिका रूपमा ३८ वर्ष सेवा गरेका गुरुवाचार्यले नेपाल वातावरण पत्रकार समूहमा रहेर पनि काम गरेमा थिए ।

आफ्नो पेसामा पूर्ण समर्पित गुरुवाचार्यको अनुभवबाट उनका समकालीन र पछिल्ला पुस्ताले पेसागत जिम्मेवारीका सम्बन्धमा धेरै ज्ञान हासिल गरेका थिए । उनको शनिबार अन्त्येष्टि हुने परिवार स्रोतले जनाएको छ । स्व. गुरुवाचार्यका श्रीमती, छोरा पत्रकार विनाज र एक छोरी छन् ।