कंगोमा दादुराबाट करिब पाँच हजारको मृत्यु

कंगोमा दादुराबाट करिब पाँच हजारको मृत्यु


कंगोका सबै प्रान्तमा दादुराको महामारी फैलिएको बताइएको छ । सो महामारीपछि सन् २०१९ मा करिब ५ हजार व्यक्तिको मृत्यु भएको छ । यसै अवधिमा करिब २ लाख ५० हजार व्यक्ति यसै रोगबाट संक्रमित रहेका पनि सो समाचारमा जनाइएको छ ।

कंगोमा दादुरा निकै नै द्रुत गतिमा फैलिइरहेको र यो सबैभन्दा छिटो फैलिने महामारी भएको पनि विश्व स्वास्थ्य सङगठन (डब्ल्यूएचओ) ले जानकारी दिएको छ । कंगोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउनेभन्दा दुई गुणा बढी व्यक्ति दादुराको कारण ज्यान गुमाउन पुगेका पनि सो समाचारमा उल्लेख गरिएको छ ।

कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको इक वर्षमा कम्तीमा पनि दुई हजारको ज्यान गएको थियो । कंगोका स्वास्थ्य अधिकारीले गत वर्षको अगस्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कंगोलीको ज्यान गएको समाचार दिएका छन् ।

कंगो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए । तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँचको अभावका कारण दादुराको संक्रमण रोक्ने प्रयासमा असर परेको बताइएको छ ।

हालसम्म ४० लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ । तर, विज्ञहरूका अनुसार खोप लगाइएको बालबालिका उक्त संख्याको आधाभन्दा पनि कम हो ।

afp