आगलागीमा परी चार वर्षीय बालकको मृत्यु

आगलागीमा परी चार वर्षीय बालकको मृत्यु


उदयपुरमा आगलागीमा परी एक बालकको मृत्यु भएको छ ।

एक दिन ढिलो गरी प्राप्त समाचारअनुसार उदयपुरको त्रियुगा नगरपालिका–१६ स्थित रातापानी टोलका चन्द्रबहादुर राईको घरमा आगलागी हुँदा उनका ४ वर्षीय छोरा विष्णुको मृत्यु भएको हो ।

बिहीबार दिउँसो करिब ३ बजेतिर घरमा अभिभावक नभएका बेला विष्णुसहित उनका दुई भाइ खेलिरहेको समयमा विष्णुले लाइटर बालेपछि घरमा आगलागी भएको हो ।

घरमा आगो लागेपछि उनका दुई भाइ घरबाट निस्कन सफल भए पनि उनीचाहिँ निस्कने क्रममा लडेकाले उनको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विष्णुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको बताइएको छ