ग्लोबल आइएमईद्वारा विद्यालयलाई कम्प्यूटर सहयोग

ग्लोबल आइएमईद्वारा विद्यालयलाई कम्प्यूटर सहयोग


ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तनहूँ जिल्लाको ब्यास नगरपालिका–१२, बेल्थोकस्थित कुर्लुङ प्राथमिक विद्यालयलाई दुई वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।

बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका इन्चार्ज वसन्तराज रेग्मीले कुर्लुङ प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै यस्ता सामाजिक कार्य गर्दै आएको छ ।