अनेरास्ववियुका नेता राई जेल चलान

अनेरास्ववियुका नेता राई जेल चलान


चिनजानकै युवतीलाई तिहारको बेला भैली खेल्न बोलाएर माकलबारीस्थित आफन्तको घरमा लगेर बलात्कार गरेको अभियोगमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राई पुर्पक्षका लागि जेल चलान भएका छन् ।

बलात्कार आरोपमा राईलाई कात्तिक १२ गते मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।

राईविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार जबर्जस्ती करणी गरेको अभियोगमा १० वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको बिहीबारको इजलासले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेसँगै केन्द्रीय कारागार सुन्धारा चलान गरिएको हो ।