साधारण तारेखमा रही पुर्पक्ष गरि पाउन महराले गुहारे उच्च अदालत

साधारण तारेखमा रही पुर्पक्ष गरि पाउन महराले गुहारे उच्च अदालत


काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि आफूलाई थुनामा पठाइएको आदेशविरुद्ध निवर्तमान सभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन् । जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने आग्रहसहित महराका तर्फबाट आज (५ मंसिर) निवेदन दर्ता गरिएको हो ।

उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहाललाई उद्धृत गर्दै राससले जनाएअनुसारअनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ ।

गत कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौं जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि उनलाई थुनामा पठाइएको हो ।