थामिएन नेप्सेको ओरालो यात्रा, आज करिब ८ अंकले घट्यो

थामिएन नेप्सेको ओरालो यात्रा, आज करिब ८ अंकले घट्यो


धितोपत्र बजारमा बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७.७४ बिन्दुले घटेर एक हजार १२०.६० बिन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.७८ बिन्दुले घटेर २४६.८९ बिन्दुमा पुगेको छ । नेप्से ओरोलो लागे पनि कारोबार रकम भने औसतमा सीमित भएको छ । कुल १६७ कम्पनीको १० लाख ५० हजार ४१२ कित्ता सेयर रु २९ करोड ७७ लाख ९७ हजार ७१ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर उकालो लाग्दा नौ उपसमूहको सेयर भने ओरालो लागेको छ । व्यापार ३६.१६, अन्य ०.६१ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ९.४२, होटेल १२.५३, विकास बैंक ७.३४, जलविद्युत २.४४, वित्त १.०३, निर्जीवन बिमा २५.१६, उत्पादन ३२.४७, लघुवित्त ११.५३ र जीवन बिमा २०.५९ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु. चार करोड ३० लाख ६७ हजार ६५४ बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै नेपाल बैंक लिमिटेड रु. दुई करोड पाँच लाख ५८ हजार १२७, एनआईसी एसिया बैंक रु. एक करोड २८ लाख ४१ हजार ४८७, साल्ट टे«डिङ कर्पोरेसन रु. एक करोड २० लाख ४२ हजार ९६७ र लुम्बिनी जनरल इन्स्योरेन्स रु. ८६ लाख ९३ हजार ९२५ बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार कारोबारका आधारमा आज साल्ट टे«डिङ कर्पोरेसनका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स ९.९०, घोडाघोडी लघुवित्त ९.९०, आँखु खोला लघुवित्त ५.४५, कालिका पावर ५.०६, रिडी हाइड्रोपावर २.८६ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २ प्रतिशतले कमाए ।

त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त ८.२०, लक्ष्मी लघुवित्त ५.५०, मिथला लघुवित्त वित्तीय संस्था ५.२५, माउन्टेन हाइड्रोका लगानीकर्ताले ३.६५ प्रतिशतले गुमाएका छन् ।