थाइल्यान्डमा ६.४ म्याग्निच्युडको भूकम्प, सयभन्दा बढी परकम्प

थाइल्यान्डमा ६.४ म्याग्निच्युडको भूकम्प, सयभन्दा बढी परकम्प


थाइल्यान्ड र लाओसको सीमाक्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरूले जानकारी दिएका छन् । सिन्ह्वा समाचार एजेन्सीका अनुसार थाइल्यान्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले सयभन्दा बढी कम्पन भएको जानकारी दिए ।

स्थानीय समयअनुसार नोभेम्बर २० तारिखको राति ११ बजेसम्ममा सयपटक परकम्प भएको उनले बताए ।
महानिर्देशक सोम्साकले ६.४ म्याग्निच्युडको सबैभन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार बिहान ६ः५० मा गएको जानकारी दिए ।

भूकम्पका कारण विद्यालय बन्दको घोषणा गरिएको छ । ठूलो क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् ।