आवे जापानको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री

आवे जापानको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री


जापानका प्रधानमन्त्री सिन्जो आवे जापानको इतिहासमै सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति बन्न पुगेका छन् ।

सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवेले आज (५ मंसिर बिहीबार) समेतगरेर जम्मा दुई हजार ८८८ दिन प्रधानमन्त्रीका हैसियतमा निरन्तर काम गरिसकेका छन् ।

उनी सन् २००६ देखि सन् २००७ सम्म पहिले पनि प्रधानमन्त्री बनेका थिए, तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै स्वास्थ्यको समस्या देखाउँदै उनले राजिनामा दिएका थिए ।

यसैबीच, आफ्नो नाममा लामो समय जापानी प्रधानमन्त्रीका रूपमा काम गर्ने इतिहास बनेको सन्दर्भमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीमा रहँदा आफूले जापानी मुद्रा स्फीतिलाई अन्त्य गर्ने, समस्याका रूपमा देखिएको जापानको बढ्दो वृद्ध जनसङ्ख्या र घट्दो जन्मदरका साथै संविधान संशोधनलगायतका बिषयमा नीतिगत सुधारका प्रयास गर्ने बताएका सिन्ह्वाले जनाएको छ ।