सीपी मैनालीको दुःखेसो : ‘सत्तारुढ नेकपाले पार्टी-एकताको प्रस्ताव गरेन’

सीपी मैनालीको दुःखेसो : ‘सत्तारुढ नेकपाले पार्टी-एकताको प्रस्ताव गरेन’


नेपाल कम्युनिष्ट पार्टी(माले)का महासचिव सिपी मैनालीले सत्तापक्ष दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग एकता गर्न आफू तयार रहेको धारणा सार्वजनिक गरेका छन् । नेकपाले प्रस्ताव ल्याए आफू एकता गर्न तयार रहेको मैनालीको भनाई छ ।

दाङमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा उनले सबै कम्युनिष्ट पार्टीसँग एकता गर्ने भनेर बाहिर हल्ला गर्ने सत्ताधारी नेकपाले अहिलेसम्म आफूसँग एकताको लागि छलफलमा नआएको गुनासो गरे । प्रस्ताव लिएर आए कुरा गर्न तयार रहेको उनले प्रष्ट्याए ।

सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले लामो समयदेखि भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेकमा आफ्ना सेना बसाएको भन्दै विगतका सरकार पनि यस विषयमा गम्भीर नभएको तर्क गरे । अहिलेको सरकारले विगतका सरकारजस्तै कूटनीतिक पहल लिन नसकेमा मुलुकले ठूलो क्षति ब्यहोर्ने उनको दाबी छ ।

सीमासम्बन्धी विवादमा सरकारले ठोस पहल नथालेको भन्दै आपत्ति जनाएका मैनालीले गैरनेपालीको हातमा नेपाली नागरिकता पर्न नहुने भन्दै विदेशी ज्वाइँलाई नागरिकता दिन नहुने र नेपाली बुबाको सन्तानलाई अङ्गीकृत नागरिकताको व्यवस्था गर्नुपर्ने धारणा अघिसारे ।

मुलुकबाट राजतन्त्र गएपछि सामान्तवाद शून्य भएको भन्ने कुरा गलत रहेको उनको भनाई थियो ।