ओलीले सरकार र दाहालले पार्टी चलाउने सहमति

ओलीले सरकार र दाहालले पार्टी चलाउने सहमति


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाउने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले दुई अध्यक्षमध्ये प्रधानमन्त्रीसकेत रहेका ओलीलाई सरकारको र दाहाललाई पार्टी सञ्चालनमा कार्यकारी भूमिकासहितको जिम्मेवारी दिएको हो ।

आजको सचिवालयको यस निर्णयसँगै पार्टीका बैठकको अध्यक्षता संयुक्त रूपमा गर्ने भए पनि बैठक सञ्चालन भने प्रचण्डले गर्ने र दुवै अध्यक्षको मर्यादाक्रम भने यथावत् रहनेछ ।

पार्टीमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले केही समयदेखि एक व्यक्ति एक जिम्मेवारी हुनुपर्ने एजेण्डा उठाउँदै आएका थिए ।