सीजीका जाडोलक्षित घरायसी सामग्री बजारमा

सीजीका जाडोलक्षित घरायसी सामग्री बजारमा


नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले हालै नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ ।

सीजीले बजारमा ल्याएका नयाँ सामग्रीमा रुमहिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रिक तथा ग्यासगिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मस रहेका छन् ।

रुमहिटर र हेलोजिन हिटर नयाँ स्वरूप र आकर्षक रंगहरूमा ल्याएको सीजीले जनाएको छ । सीजीले ग्राहकको आर्थिक भारलाई ध्यानमा राखेर ग्यास तथा इलेक्ट्रिक गिजर पनि उपलब्ध गराएको छ ।

यसैगरी पानी तताउन प्रयोग हुने इलेक्ट्रिक केटल र हटपटका आकर्षक मोडल पनि बजारमा ल्याएको छ । जाडोलाई लक्षित गरी लामो समयसम्म पानीलाई तातो बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मस पनि बजारमा उपलब्ध गराएको छ ।