मन्दिर गएका वडाध्यक्षको मृत फेला

मन्दिर गएका वडाध्यक्षको मृत फेला


बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको बुधबार बिहान निधन भएको छ । अध्यक्ष चन्द घरनजिकै कँडेधार भन्ने स्थानमा मृतावस्थामा भेटिएको वडा नं. ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिइ ।

गएराति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द आज बिहान मृत फेला परेका हुन् । प्रहरीको टोली घटनास्थल पुगेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।